Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिहानी सहकारीको दुध तथा दुग्ध पदार्थ विक्री डिपो बुटवलमा संचालन


१७, भदौ २०८०
  • 2,188
    SHARES
  • बिहानी सहकारीको दुध तथा दुग्ध पदार्थ विक्री डिपो बुटवलमा संचालन

    बुटवल । विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाले आफ्नो व्यवसाय थप विस्तार गरेको छ । ग्रामीण महिलाहरूद्वारा संचालित बिहानी सहकारीले दुध तथा दुग्ध पदार्थ विक्री डिपो बुटवल–७,दिपनगर चमचमचोकमा विस्तार गरेको हो । 

    २०७१ साल चैत २ गते २७ जना महिला सदस्यहरू मिलेर स्थापना गरेको सहकारीमा हाल ८४ वटा समूह आवद्ध भएका छन् । सहकारीमा  १ हजार ४ सय २५ जना शेयर सदस्यहरू रहेको सहकारीका अध्यक्ष तुलसी थापाले बताउनुभयो । 

    सहकारीले गाउँमा नै दुध संकलन गरेर २०७३ साल पुस १६ गते डेरी उद्योग समेत सञ्चालन गरेको छ । उद्योगमा कुल्फी, दही, नौनी घिउ,घिउ,खुवाँ,सिजन अनुसार चिया,कफी,लप्सी लगायत पनिर उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा पिकअप बोलेरो खरिद गरि बुटवल बजारमा दूध बजारीकरण गर्नुका साथै  कृषिजन्य वस्तुहरु जस्तै तरकारी,फलफूल, खसी बोका ढुवानी गर्ने काम सुरुवात गरेको छ ।

    aea6132e-7316-407b-aaa2-5d41565ed172.jpg

    १ सय ८६ लिटर दुध संकलन गरेर सुरुवात भएको डेरीमा कोभिड अगाडि २२०० सय लिटर सम्म दुध संकलन हुने गरेको व्यवस्थापक मिना आले काउचाले जानकारी दिनुभयो । उहाँले हाल दैनिक करिव ७०० लिटरसम्म दुध संकलन गर्न सफल भएको  काउचाले  बताउनुभयो । उहाँले मधौलीया उद्यान पार्कमा विहानी बिक्री केन्द्र,चारनम्बर,जितपुर सहित बुटवलका बजारमा समेत आफ्नो बजारीकरण गर्दै आएको बताउनुभयो । साथै सहकारीले गुणस्तरमा कुनै कमी हुन नदिने गरी काम गरिरहेको जनाएको छ । 

    महिलाहरुलाई सहकारी मार्फत गोलबन्द गरेर व्यावसायिक क्षेत्रमा लाग्न समेत प्रेरित गरेको छ । सहकारीले हेफर ईन्टरनेश्नल नेपालले आयोजना गरेको स्वर्णिम प्रतिभा पुरस्कार १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्न सफल भएको छ । 

    WhatsApp Image 2023-09-03 at 13.59.29.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend