Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी


१८, भदौ २०८०
  • 157
    SHARES
  • एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी

    रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्।

    सहमतीमा नेतृत्व टुंगाउने प्रयास गरेपनि अन्तत दुई समूहबाट अध्यक्षमा उमेदवारी परेको हो। पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । प्युठानका रिजाल केन्द्रीय सदस्य समेत रहेका छन्।

    अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रिजालको  उम्मेदवारीमा विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक रहेका छन्। कँडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक रहेका छन्।

    बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाबाट छानिएका १ हजार ४ प्रतिनिधिहरु सहभागी छन्। एमाले अधिवेशनको निर्वाचनका सबै प्रक्रिया आज बिहान १० बजेसम्मका लागि स्थगित भएका छन्। अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारीमा दुई दुई जनाको उमेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो।

    मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सोमबार बिहान १० बजेसम्मकालागि उमेदवारी दर्ता प्रक्रिया स्थगित भएको जानकारी दिए।

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend