बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बुटवलमा रहेको बिआईसीसी भवनमा बिहान ९ बजे देखि मतदान भइरहेको छ ।
चुनावको रौनकले माहोल तातिरहेको छ । उम्मेदवारहरु ब्यक्तिगत र समुहगत रुपमा भोट मागिरहनु भएको छ । एउटै पालिकाका प्रमुख र उपप्रमुख अलग अलग प्यानलबाट उठदा चुनावको माहोल थप रोचक देखिएको छ ।
अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।