Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन


१९, भदौ २०८०
  • 195
    SHARES
  • पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन
    चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिनुभएको छ । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण र साइक्लोटोन उत्पादन गर्ने उपकरण यसै वर्ष खरिदका लागि प्रक्रिया अघि बढाउन उहाँले अस्पलालाई निर्देशन दिनुभएको हो ।
     
    उक्त अस्पतालको आज निरीक्षणपछि आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा सचिव पोखरेलले हाल यस अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सरको उपचारका लागि अति आवश्यक यी दुई  उपकरण  खरिद गर्न नसके कहिले हुने भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “जसरी हुन्छ प्रक्रिया पूरा गरेर आउनुहोस् अनि खरिदका लागि पैसा लैजानुहोस् । हाम्रो खातामा हामी पैसा राख्न चाहँदैनौँ”, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण भएको चर्चा गर्दै सचिव पोखरेलले भन्नुभयो, “जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौँ त्यसको आउटपुट देखिन्छ ।”
     
    उक्त अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफ्नो क्षमताले भ्याएसम्म अस्पतालको हितमा काम गर्ने बताउनुभयो । त्यसैगरी अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरेर देखाउने दिन आएको छ भन्नुभयो । 
     
    अस्पतालमा आजको आवश्यकता भनेको पेटको स्क्यान उपकरण रहेकाले  सबै मिलेर खरिदका लागि पहल गर्न उहाँले आग्रह गर्नुभयो । आज कैयौँ बिरामी यसको अभावमा महङ्गो पैसा तिरेर बाहिर उपचार गर्न बाध्य भएको अवस्थामा उक्त उपकरण ल्याउन सके चितवनमात्र नभएर देशकै गौरवको विषय बन्ने अध्यक्ष न्यौपानेको भनाइ थियो । त्यस अवसरमा क्यान्सर अस्पतालका विभागीय प्रमुख,महाशाखा प्रमुख र चिनिया मेडिकल टोलीको सहभागिता थियो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend