Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु


१९, भदौ २०८०
  • 622
    SHARES
  • बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी  सुरु

    रोल्पा।आगामी बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सुरु भएको छ।स्वास्थ्य शाखा परिवर्तन गाउँपालिकाको आयोजनामा मंगलबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाहल पुतलाचौरमा सुरु भएको हो।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको कार्यक्रममा परिवर्तन गाउँपालिका भित्रका सबै वडा अध्यक्षहरु,प्रमुख प्रशासकीय अधिकृत तथा परिवर्तन गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो।

    कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी अरुण उपाध्य भिटुले गर्नु भएको थियो।कार्यक्रममा सहभागी परिवर्तन गाउँपालिकाका सबै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरुले आ-आफ्नो वडामा गरिएको समिक्षाका  बारेमा जानकारी गराएका छन।वडामा भएका एक बर्षसम्मको प्रगति विवरण समिक्षा कार्यक्रम राखिएको छ।

    प्रगति विकास राख्दा ध्यान दिनुपर्ने कुरामा भएका कमजोरी बारेमा स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटु(उपाध्याय)ले जानकारी र सुझाव दिनु भएको छ भने कार्यक्रमको सहजकर्ता पनि स्वयं भिटु रहनु भएको छ। बार्षिक समिक्षा कार्यक्रममा खोपको बारेमा,गर्भवती महिला तथा नवजात शिशु,स्वास्थ्य सम्बन्धि कार्यक्रम,स्वास्थ्य तालिम,विद्यालयमा किशोरी कार्यक्रम,आमा समूहमा गरिएका स्वास्थ्य सम्बन्धि कार्यक्रम,गाउँ घर क्लिनिक र विभिन्न रोगका बारेमा गरिएका प्रगति विवरणहरु समावेश भएको छ।

    कार्यक्रम सञ्चालन परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी निर्मल बुढा मगरले गर्नु भएको थियो।भोलि परिवर्तन गाउँपालिका भित्र रहेका पाँच स्वास्थ्य चौकी मध्ये एक स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य घोषणा गरिने समेत बताइएको छ।कार्यक्रम आज र भोलि  गरि दुई दिन सम्म जारी रहने परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend