देउखुरी । लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले भालुवाङ प्यूठान खण्ड अन्तर्गत गर्जेनी र खहरेखोलामा खसेको पहिरोका कारण नागरिकहरुले दुख पाएकाले तत्काल पहिरो रोकथामका प्रदेश सरकारलाई ध्यानकार्षण गराउनुभएको छ ।
प्रदेशसभाको दोस्रो अधिवेशन अन्तर्गत चौविसौं बैंठकको शून्य समयमा बोल्दै श्रेष्ठले उक्त पहिरोका कारण त्यस सडक खण्ड भएर यात्रा गर्ने रोल्पा,प्यूठान,गुल्मी र अर्घाखाँचीका नागरिकले दुख पाउनुका साथै स्वर्गद्धारी दर्शन गर्न आउनु भएका हजारौं तिर्थयात्रीहरु समेत समस्यामा परेको बताउदै तत्काल उक्त समस्याको समाधानका लागी प्रदेश सरकारको ध्यानकार्षण गराउनुभएको हो ।
त्यस्तै प्रदेश सभा सदस्य श्रेष्ठले असार ५ गते गएको बाढीले प्यूठान नगरपालिकाको ९,१० वडामा क्षति पुगेको बताउदै ती बस्तीहरु अहिले पनि जोखिममा रहेकाले मल्लरानी,भुस्वाङ खोला र खरिबोट बजार सम्म ५ किलोमिटर क्षेत्रमा तटबन्धको तत्काल व्यवस्था गर्न गृहमन्त्री र अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।