देउखुरी । लुम्बिनी प्रदेशसभा सदस्य भगवती अधिकारीले मिटरव्याजी समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन अन्तर्गत चौविसौं बैंठकको शून्य समयमा बोल्दै अधिकारीले डरलाग्दो रुपमा देखिएको मिटरव्याजी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य अधिकारीले मिटरव्याजीले प्रदेशमा नै आंतक फैलाएको बताउदै मिटरव्याजीका कारण पिडितहरु आत्महत्या गर्ने स्थितिमा समेत पुगेको बताउनुभयो । उहाँले यो महामारीको रुपमा फैलिएको मिटरव्याजी समस्यालाई तत्काल समाधानका लागी पहल गरिदिनु प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।