काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान परिस्थीतिमा कोशीमा मिलेर वा चूनावमा जानूपर्ने अवस्था देखिएकाले मिलेर अघि बढ्नु उत्तम हुने जिकिर गर्नुभयो ।
उहाँले चूनाव नै भएपनि गठबन्धनलाई फाइदा पुग्ने भएपनि राष्ट्रलाई थप आर्थिक भार पर्ने भएकाले चूनाव गर्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
उहाँले पार्टी अघि बढाउने कुरामा एमाले र केपी ओली प्रवृति समस्या भएको भन्दै त्यस्तो प्रवृतिलाई नपन्छाएसम्म संगठन र राजनीति अघि बढ्न नसक्ने तर्क गर्नुभयो । अध्यक्ष नेपालले शनिबार नै आफु र चिनिया राजदूतसँग भेट भएको र भेटमा प्रधानमन्त्रीको चीन भ्रमणका साथै दुइपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिनुभयो ।