Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाजवादी मोर्चाको पाँचौ सन्देश सभा आज हुदैँ


२४, भदौ २०८०
  • 145
    SHARES
  • समाजवादी मोर्चाको पाँचौ सन्देश सभा आज हुदैँ

    हेटौंडा। समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका मोर्चामा आबद्ध दलका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने तयारी छ । यो मोर्चाले आयोजना गर्ने पाँचौ सन्देशसभा पनि हो । 

    सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ । 

    चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे तल्लो तहसम्म जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार मोर्चाले यसअघि मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा आयोजना गरिसकेको छ भने कोशी प्रदेशको विराटनगरमा भोली अर्थात् भदौ २५ गते सभा गर्ने कार्यक्रम तय गरेको छ ।

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend