Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा


२४, भदौ २०८०
  • 130
    SHARES
  • समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा

    काठमाडौँ । सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लाग्नुभएको हो । नेकपा (एमाले)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उहाँले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ ।

    दलित समुदायप्रति त्यतिबेला समाजमा धेरै विभेद रहेकामा अहिले धेरै परिवर्तन आएको सांसद हजरा बताउनुहुन्छ । दलित समुदायको व्यक्ति हुनुका नाताले विभेद अन्त्यका लागि प्रमुख एजेण्डा लिएर आफू कम्युनिष्ट पार्टीमा लागेको उहाँ बताउनुहुन्छ ।

    कार्यक्रममा सांसद हजराले भन्नुभयो, “समाजमा हिजोभन्दा धेरै परिवर्तन भइसकेको छ । विगतको तुलनामा छुवाछूत र विभेद कम छ, तर शेष भने बाँकी नै छ । चाँडै अन्त्य हुनेमा विश्वस्त छु ।” वडा, गाउँ, जिल्ला, प्रदेश हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका सांसद हजरा संविधानको मर्म र भावनाअनुरुप नयाँ ऐन बनाएर राज्यका सबै संरचनामा समानुपातिक समावेशी सिद्धान्तको पूर्णपालना गरिनुपर्ने मत राख्नुहुन्छ ।

    वि.सं २०८४ मा हुने तीन तहकै निर्वाचनमा महिला र दलितका लागि बेग्लै आरक्षणको व्यवस्था भएमा सबै समुदायलाई एकैसाथ लिएर राष्ट्रलाई विकासको मार्गमा लैजान सकिने उहाँको भनाइ छ । नेता हजरा भन्नुहुन्छ, “देशको आधा जनसङ्ख्या भएको महिला र पाँच लाखको हाराहारीमा रहेका दलितलाई लैङ्गिक र जातीय हिसाबले पछि पारिएको हुँदा अब उनीहरूलाई उठाइयो भने मात्र राष्ट्र समृद्धितर्फ अघि बढ्छ ।”

    सामान्यरुपमा कृषि कर्ममा संलग्न भए पनि पार्टीको पूर्णकालीन राजनीतिमा संलग्न सांसद हजरा पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । वि.सं २०४६ को जनआन्दोलनपछि पार्टीमा सक्रियताका साथ निरन्तर लाग्नुभएका सांसद हजराले गएको निर्वाचनमार्फत पहिलोपटक प्रतिनिधिसभामा प्रवेश पाउनुभएको हो ।

    देश चलाउने ऐन÷कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भए पनि सरकारले बिजनेस नदिएका कारण कानुन बनाउने थुप्रै जिम्मेवारीका बाबजुद कामविहीन बस्नुपरेको उहाँको भनाइ छ । कोरोना, डेङ्गु र आर्थिक सङ्कटबाट अप्ठयरोमा परेका जनतालाई राहत दिन र मुलुकका यावत समस्या सुल्झाउन छिटो छलफल गरी छरितो ढङ्गबाट ऐन पास गर्नुपर्नेमा त्यसमा सरकारबाट ढिलाइ भइरहेको नेता हजराले आरोप लगाउनुभयो ।

    सांसदको मुख्य जिम्मेवारी भनेको कानुन निर्माण गर्ने नै भएकाले दल र संसद्को कामबाहेक व्यक्तिगतरूपमा आफू खासै अन्यन्त्र नअल्मलिएको उहाँ बताउनुहुन्छ । तथापि, जनताले उठाएका कतिपय मल, सिँचाइ, पोखरी, कुलोसम्बन्धी काममा बाध्यताका आधारमा मन्त्रालयमा पुग्ने कार्य स्वभाविक भएको बाहेक संसद् र संसदीय समितिमै नियमितरूपमा सहभागी हुने गरेको सांसद हजराले स्पष्ट गर्नुभयो ।

    “सरकारले मिलेर जान चाहेको खण्डमा सदन अवरुद्ध हुन्न । प्रमुख प्रतिपक्षका माग र मुद्दालाई  निकास दिन समयमै सम्बोधन हुनुपर्छ”, उहाँले भन्नुभयो, “ललिता निवास, भुटानी शरणार्थी, सुन प्रकरणलगायतका भ्रष्टाचारसँग जोडिएका विषयमा प्रतिपक्षले उठाएको संसदीय समिति गठन गरी छानबिन गरौँ भन्ने मागलाई समयमै सम्बोधन गरेको भए संसद् अवरुद्ध हुन्थेन ।”

    सदनमा सांसदले दिएका कतिपय अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विषय व्यक्तिको चरित्र, प्रस्तुति र बुझाइमा निर्भर गर्छ भन्दै नेता हजराले संसद् र पार्टीले सदनमा प्रवेश गर्नुअघि प्रशिक्षण दिएकाले त्यस्तो अवस्था व्यर्होनु नपरेको बताउनुभयो ।

    सांसद हजरासँग प्रशासन पुनःसंरचना आयोग र दलित विकास आयोगमा काम गरेको अनुभवसमेत छ । विषयवस्तुबारे पर्याप्त अध्ययन गरी संसद् नियमावलीको अधिनमा रही अभिव्यक्ति दिएमा कुनै प्रश्न नउठ्ने उल्लेख गर्दै उहाँले भ्रष्टाचार अन्त्य गरी सुशासन प्रवर्द्धन गर्न आवश्यक विधेयक ल्याई कानुन निर्माणलाई तीव्रता प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि हालको निर्वाचन प्रणालीमा ब्यापक सुधारको खाँचो औँल्याउँदै सांसद हजराले निर्वाचनमा हुने खर्च कम गर्न अनुगमन संयन्त्र र प्रभाकारी कानुन चाहिन्छ भन्नुभयो । जनप्रतिनिधिका हैसियतले सदनमा आफूले खेलेको भूमिकाप्रति केही हदसम्म सन्तुष्ट भए पनि जनहितका लागि उठाइएका खानेपानी, सिँचाइ, मलसम्बन्धी माग र मुद्दा कार्यान्वयनको पाटो कमजोर हुँदा खिन्न लाग्ने गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend