अनिल नेपाली,अर्घाखाँची । नेपालमा रहेका कम्युनिस्ट लाई कमजोर बनाउनको लागि अमेरिकी साम्राज्यबाद नयाँ उपनिबेशका साथ निरन्तर लागि परेको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्विनी पश्चिम व्युरो ईन्चार्ज सन्जीभ सीले बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीको छैठौ पुर्ण बैठकलाई सन्धिखर्कमा शनिबार सम्वोधन गदै नेता सन्जिभले यस्तो बताउनुभएको हो ।
नेता सन्जिभले नेपालमा अमेरिकी डिजाईनमा आफ्ना अमुक पात्र प्रतिनिधि बनाएर नेपालको सार्बभौभसत्ता र अस्तिरतामाथि प्रश्न चिन्ह खडा हुने गरि अमेरिकी प्रतिनिधिको रुपमा डा. सिके राउत, रवि लामिछाने र सामाजिक अभियान्ता लगायतका पात्र अगाडि सारेर नेपालमा रहेका कम्युनिस्ट लाई कमजोर बनाउनको लागि निरन्तर रुपमा लागि परेकोले बास्तविक कम्युनिस्टको रुपमा आफ्नो पार्टी उदय भएको बताउनुभएको छ ।
नेपालमा विदेशी हस्तक्षेप सीमा अतिक्रमण लगायतका बिषयमा निरन्तर लडेको बताउदै अमेरिकी साम्राज्यबादले नेपाललाई एमसिसि एसपिपि लगायतका परियोजनाबाट नेपाललाई कब्जा गर्न खोजेकोले यसको नेपाली जनताले सशक्त विरोध गनुपर्ने बताउनुभयो ।
एक फरक प्रसगमा नेता सन्जिभले जनयुद्धले नेपालमा राजा फालेको र अबकोे आन्दोलनले नेपालमा समाजवाद ल्याउने बताउदै अहिलेको समाजवादी मोर्चा आफ्नो पार्टीको पहलमा आएकोले परिबर्तन विरोधीले आफ्नो पार्टीलाई कार्यदिशा विपरीत सरकारमा रहेका पार्टीसँग मोर्चा गठन गरेर जनताका बीचमा तिक्ता पैदा गर्न खोजेको त्यस्ता परिबर्तन विरोधी एकता विरोधीलाई कार्यबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
कम्युनिस्ट एकतालाई बढुवा दिएर समाजबादी दिसा निर्देशन गर्न नेता कार्यकर्तालाई आग्रह गदै आफ्नो पार्टीले कम्युनिस्टको झल्को दिने गरि उत्पादन बास्तविक कम्युजनलाई अगाडि बढाएर नेपालमा नेता कार्यकर्तालाई आत्मनिर्भरताको दिसामा अग्रसर गराउने पार्टी भएकोले यस्ता कामलाई पार्टीले निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज माहुरीले नेपालमा वास्तविक कम्युनिस्टको आफ्नो पार्टी रहेकोले देश जनताका हित विपरीत हुने हरेक कार्यमा नेकपाले विरोध गर्ने बताउनुभयो। कार्यक्रम नेकपाका जिल्ला सेक्रेटरी मिसन सी सञ्चालन तथा अध्यक्षतामा सम्पन्न बैठकमा नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।