Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छ: अध्यक्ष ओली


२४, भदौ २०८०
  • 214
    SHARES
  • अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छ:  अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बलियो अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

    काठमाडौंमा आयोजित कार्यक्रममा सन्चारकर्मीहरुसँग कुराकानी गर्दैँ उहाँले गरिबी उन्मुलन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रिय पुँजी निर्माण गर्ने आधार साना साना उत्पादन पनि हो, जुन स्थानीय तहबाट भएको कृषि, उद्योग जे भएपनि आफैले सञ्चालन गर्न सक्ने खालका हुन्छन् । तर अलि ठूलो मात्रामा सबै मिलेर धेरै मात्रामा लान सक्ने र राष्ट्रको अर्थतन्त्र निर्माण गर्न सक्ने सहकारीको माध्यमबाट नै हो ।’ 

    उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सहकारी नै बलियो आधार भएको स्मरण गर्नुभयो । ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्छौ भन्दा यसका लागि सबैभन्दा उपयोगी सहकारी नै हो । जसको माध्यमबाट राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्छौ । अर्थतन्त्रमा भक्तिमार्ग होईन् स्वास्थ्यमार्ग र फाइदामार्ग हेर्नुपर्छ । हामी अनावश्यक रुपमा बाहिरको सामान उपभोग गर्छौ सकेसम्म आफ्नै सामान प्रयोग गर्ने गरौं । ’ उहाँले भन्नुभयो ।

    स्वदेशी बस्तु उत्पादन र निर्यातमा सहकारी क्षेत्रको अहंम् भुूमिका हुने उहाँको भनाई छ । ‘कृषि व्यवसायलाई आत्मनिर्भर हुन सक्ने तहसम्म ल्याउँने हो भने कपास, उन, कपडा बुन्ने, सबै हामीले बनाउँन सक्यौ भने विश्व अर्थतन्त्रमा आएको समस्याले केही फरक पर्दैन्, भोकमरी हुदैँन् कोही बेरोजगार हुदैँन् त्यस्तो कामहरु योजनाबद्ध तरिकाले सहकारी मार्फत लान सक्छौ । ’ उहाँले भन्नुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend