Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सद्भाव र सहिष्णुतामा आक्रमण गर्ने प्रयास,सचेत हुनुपर्नेमा जोड: उप प्रधानमन्त्री श्रेष्ठ


२५, भदौ २०८०
  • 154
    SHARES
  • सद्भाव र सहिष्णुतामा आक्रमण गर्ने प्रयास,सचेत हुनुपर्नेमा जोड: उप प्रधानमन्त्री श्रेष्ठ

    ललितपुर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । 

    ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातिय एवं धार्मिक सद्भाव विथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपाली समाजको मौलिक परम्परा बिर्गान खोज्ने षडयन्त्रलाई सफल हुनु नदिने स्पष्ट पार्नुभयो ।

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनसंगै आधारभूत आवश्यता पुरा होस भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गर्नुभयो । 

    नेपाली जनताले चाहेजस्तो बिकास समृद्धि पुरा हुन नसकेको भन्दै उहाँले सरकारको गम्भीर कार्यभार बिकास समृद्धितर्फ अघि बढ्नु भएको उल्लेख गर्नुभयो ।

    उहाँले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताउनुभयो । उहाँले सुशासनको अभियानलाई सफल पार्न नदिने नयाँ षडयन्त्र सुरु भएको भन्दै सवै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राख्नुभयो । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend