Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी


२५, भदौ २०८०
  • 154
    SHARES
  • व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी

    दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले करिब पाँच कट्ठा जमिनमा कागती खेती गर्दै आउनुभएको हो । 

    व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लाग्नुभएका वलीले आम्दानीसमेत लिन थालेको बताउनुभयो । पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गर्नुभएका वलीले यस वर्ष त्यसको दोब्बर बढी फलेको बताउनुभयो । 

    गत वर्षभन्दा यस वर्ष कागती राम्रो फलेको र अझै फल्नेक्रम भइरहेकाले आम्दानी बढ्ने आशामा उहाँ हुनुहुन्छ । किसान वलीले भन्नुभयोे, “पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गरेको थिए, थोरै भए पनि सुरुकै वर्ष राम्रै आम्दानी भएको थियो, यस वर्ष झन धेरै भएकाले आम्दानी बढी हुने आशा छ ।” धेरै मेहनत नलाग्ने र बिक्रीका लागि पनि समस्या नहुने भएकाले कागती खेती गर्न सुरु गरेको वली बताउनुहुन्छ । 

    कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि बर्सेनि बोटसमेत बढाउँदै लग्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चार वर्षअघि ८० बिरुवा रोपेर व्यावसायिक कागतीखेती सुरु गरेको थिएँ, तर पाँच वटा बिरुवा सुरुमै मरेपछि ७५ मात्रै बिरुवा बचे, अहिले तिनै बिरुवा फल्न सुरु गरेका छन्, त्यसमा गत वर्ष फेरि २५ विरुवा थप गरेर सय बिरुवा पुर्‍याएको छु ।” 

    उहाँले उपमहानगरपालिकाको कृषि शाखाले अनुदानमा निःशुल्करुपमा ८० बिरुवा उपलब्ध गराएपछि पहिलो वर्ष रोप्नुभएको थियो । जिल्लामा कागती बिक्रीका लागि कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय कागतीको माग बढ्दै गएको छ, मागको तुलनामा जिल्लामा उत्पादन नहुँदा बाहिरबाट आउने गरेको छ, कागती बिक्रीका लागि समस्या छैन, जति उत्पादन गरे पनि बिक्री हुने अवस्था छ ।” 

    उहाँ कागती खेतीसँगै व्यवसायी तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । झण्डै २८ वर्ष राष्ट्रिय अनुसन्धानमा जागिरे जीवन बिताउनुभएका ५२ वर्षीय वलीले एक बिघा जमिनमा तरकारी र फलपूmलखेती गर्नुभएकोे छ । 

    प्राङ्गारिक मलको प्रयोग गरेर तरकारीखेती गर्दै आउनुभएका वलीले व्यावसायिक टमाटर खेतीका लागि १६ टनेलभित्र थोपा सिँचाइको समेत व्यवस्था गरेर टमाटरखेती गर्दै आएको बताउनुभयो । आफूले मात्रै खेतीमा नभ्याउने भएकाले तरकारी रोप्ने, गोडमेल र टिप्ने समयमा मानिस लगाउने गर्ने गरेको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “कागती र तरकारीखेती राम्रो हुँदै गएको छ, कामको आवश्यकताअनुसार मानिस पनि लगाउने गरेको छु ।” 

    रासायनिक मल प्रयोग नगर्ने र खासगरी बेमौसमी टमाटर उत्पादन गर्ने भएकाले टमाटर बिक्रीमा समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार भट्टे पूरै गाउँमा कसैले पनि तरकारी खेतीमा रासायनिक मलको प्रयोग नगर्ने गरेको बताउनुभयो । रासायनिक मलको विकल्पमा किसानले भर्मी कम्पोष्ट मल खेतीमा प्रयोग गर्ने गरेका छन् । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend