Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बीपी कोइरालाको ११० औं जन्मोत्सवको आज दोस्रो दिन


२५, भदौ २०८०
  • 169
    SHARES
  • बीपी कोइरालाको ११० औं जन्मोत्सवको आज दोस्रो दिन

    काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन अन्तर्गत आज दोस्रो दिनका कार्यक्रमहरू बिहान ९ बजेदेखि सुरु भएको छ । महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको प्रचार विभागका सदस्य इन्द्र रिजालले जानकारी दिनुभयो ।

    त्यसपछि बिहान ११ बजेदेखि १ घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसको सहजीकरण शंकर तिवारीले गर्नुहुने भएको छ । 

    आजै १२ बजेपछि काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिने भएको छ ।

    दिउँसो २ बजेपछि भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वपरराष्ट्रमन्त्रीद्धय डा. नारायण खड्का तथा प्रदीप ज्ञवाली र कूटनीतिज्ञ इन्द्र अधिकारीसँग ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा पत्रकार सुधीर शर्माले छलफल चलाउनुहुनेछ ।

    आजको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श गर्नुहुने छ भने साँझ गजल साँझमा ३० जना गजलकारहरूले गजल प्रस्तुत गर्नुहुनेछ । 

    नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा हिजोबाट सुरु भई भोली समापन हुने तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सव अन्तर्गत डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरू पनि रहेका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend