Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छ : उपराष्ट्रपति यादव


२५, भदौ २०८०
  • 157
    SHARES
  • नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छ : उपराष्ट्रपति यादव

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

    आज यहाँ आयोजित ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न । हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आवश्यक छ ।”

    उपराष्ट्रपति यादवले मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकामा फाउन्डेसनको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाललाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास लिएको बताउनुभयो । उहाँले फाउन्डेसनले चार वर्षयता सातै प्रदेशमा एक/एकजना महिलालाई निःशुल्क शिक्षा उपलब्ध गराएर शिक्षाका माध्यमबाट थोरै भए पनि महिलाको सशक्तीकरणमा योगदान पुर्‍याएकामा खुसी व्यक्त गर्नुभयो ।  

    “नेपालमा सूचना प्रविधिको विकाससँगै यस क्षेत्रमा नीतिगत तथा कानूनी आधारशिलाहरू तयार भइसकेका छन । यसको एउटा प्रमाण ‘नया“ पुस्ता प्रविधिमैत्री’ हुनु पनि हो”, उपराष्ट्रपति यादवले भन्नुभयो, “प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ । 

    भरपर्दो र गुणस्तरीय शिक्षामार्फत सेवा क्षेत्रमा दक्ष जनशक्तिसहितको रोजगारी उपलब्ध गराउन सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ । यो क्षेत्रमा थप विस्तारका लागि थप वातावरण तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्दछ ।”  

    उहाँले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै स्वदेशमै भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यता टार्न व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षा हाम्रो आवश्यकता भएको बताउनुभयो । उहाँले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा २५ वर्षको यात्रा पूरा गर्दै रजत महोत्सव मनाइरहेकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend