Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राप्रपाले भदौ २७ गते काठमाडौमा बृहत विरोध सभा गर्ने


२५, भदौ २०८०
  • 143
    SHARES
  • राप्रपाले भदौ २७ गते काठमाडौमा बृहत विरोध सभा गर्ने

    काठमाडौं । राप्रपाले भदौ २७ गते काठमाडौमा बृहत विरोध सभा गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोही बिरुद्ध विरोध सभा गर्न लागिएको जनाएको हो । भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दवाव दिनका लािग विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ ।

    गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि राप्रपाले जानकारी दिएको छ । देशद्रोही बिरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोध सभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।

    शाहीले बिभिन्न प्रकरणको अनुसन्धान नेताहरुमाथि आएपनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चूनौति दिनुभयो । 

    राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजÞगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend