काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको भन्दै उहाँले भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
उहाँले नेम्वाङलाई ‘हितौषी मित्र’को रूपमा स्मरण गर्नुभएको छ । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले लेख्नुभएको छ ।, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ।’