जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
सांसद यादव दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित भएको बताईएको छ । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत यादवको निधन भएको हो ।
आज बिहान साढे ८ बजे उहाँको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिनुभयो । यादव समानुपातिक सांसद हुनुहुन्थ्यो। दोस्रो मधेश आन्दोलनमा उहाँको भूमिका सक्रिय रहेको थियो ।