काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद अमेरिका प्रस्थान गर्नुभएको छ । मंगलबार विहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उहाँ न्यूयोक प्रस्थान गर्नुभएको हो ।
महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्क जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।