Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशलाई दुर्घटनाबाट जोगाउन नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : अध्यक्ष लिङ्देन


२७, भदौ २०८०
  • 129
    SHARES
  • देशलाई दुर्घटनाबाट जोगाउन नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : अध्यक्ष  लिङ्देन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्ने बताउनुभएको छ । पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरुलाई आग्रह समेत गर्नुभयो ।

    उहाले ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यहि गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने धारणा राख्नुभयो । देश र जनताप्रति माया सुध्रिनका लागि कांग्रेस, एमाले र माओवादीलाई सुझाव दिदै लिङद्नले सुध्रने संकेन नदेखिए राप्रपाले नयाँ संघर्षको नेतृत्व गर्ने चेतावनी दिनुभयो ।

    उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताउनुभयो । जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरुले सिण्डिकेटको शिकार बनाएकाले त्यसलाई उल्टाउनका लागि जनता काठमाडौं घेर्न तयारी गरिरहेको उहाँले बताउनुभयो ।

    उहाँले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै उहाँले त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले धार्मिक द्वन्द्व निम्त्याउनको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर गर्नुभयो ।

    अध्यक्ष लिङ्देनले गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै उनीहरुबाट देशमा समृद्धि सम्भव नरहेको  बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend