Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ : नेता कोइराला


२७, भदौ २०८०
  • 165
    SHARES
  • बिपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ : नेता कोइराला

    काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताउनुभएको छ । बिपी स्टडी युथ सर्कलले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बिपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उहाँले आफूमा भएको अहमतालाई त्याग्न नसकेका कारण बिग्रने क्रम सुरु भएको बताउनुभयो ।

    नेता कोइरालालले बिपीले भनेको विचारभन्दा ठीक विपरीत व्यक्तिवादी चरित्र, साम्प्रदायिकतामा रम्ने, स्वार्थीपन र इसारामा हिँड्ने व्यवहार बढी भएका कारण त्यसलाई त्याग्नसकेमा मात्रै सबैचिज बलियो हुने तर्क गर्नुभयो । “अहिले सबैमा स्वार्थीपन बढी भएका कारण सामूहिकतामा भन्दा पनि व्यक्तिवादी चरित्र हाबी भएर बिग्रँदै गएको छ”, उहाँले भन्नुभयो, “पार्टी र सरकारमा भएकाले त्यसलाई त्याग्न सकेको खण्डमा जनताले सोचेको काम र कुरा पूरा गर्न सक्छौँ ।” 

    पार्टीभित्र व्यक्तिवादी सोच बदल्दै सरकारमा पनि अर्थतन्त्रको सोच बदल्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता कोइरालाले देशलाई बलियो बनाउन सङ्घीयतालाई पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेशलाई शक्तिशाली बनाउन नसकेका कारण कमजोर बन्दै गएको बताउनुभयो । 

    छिट्टै प्रदेशलाई सङ्घबाट अधिकार सम्पन्न हुने नीति बनाउन आवश्यक रहेको बताउँदै उहाँले कोशी प्रदेशमा धर्मका नाममा जातीय लडाईंमा फस्दै गएको अवस्थाले सामाजिक सद्भावलाई खल्बलाउने प्रयास भइरहेकोप्रति सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले दर्शन छाड्ने तर त्यसलाई विचार, कार्यान्वयन, योजना र व्यवहारमा ढाल्न नसक्दा पछि परेको बताउनुभयो । बिपीमा विचार, नेतृत्व क्षमता, कुशलता र व्यवहारमा पनि पोख्त भएकै कारण आज बिपीको नामले चिन्न पाएको बताउँदै उहाँले विगतमा के के भयो भनेर खोजीमा लाग्ने भएर नयाँ बाटोको खोजीमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

    नेपाली कांग्रेसका नेता गुरु घिमिरेले अहिलेको नेतृत्वहरुले नयाँ पुस्ताको योग्यता, क्षमता चाहनालाई बुझ्न नसक्दा देश पछाडि पर्दै गएको बताउनुभयो । नेपाली युवाले विदेशी भूमिमा सिंचित गराइरहँदा स्वदेश उजाड भन्दै गएको उल्लेख गर्दै उहाँले जनता सरकारलाई हेरेर निराशा बन्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताउनुभयो ।

    नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति रञ्जित कर्णले जनताले सोचेअनुसारको सङ्घ, प्रदेश र स्थानीय सरकारमा रहेर कांग्रेसले काम गर्न नसकेको बताउनुभयो । त्यसका लागि हरेक युवाले आफू रहेको ठाउँमा बिपीको विचारको आत्मसात गर्दै काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    अर्का नेता भूपेन्द्र जङ्ग शाहीले युवापुस्तामा बिपीको विचार र सिद्धान्तलाई चिन्न नसकेका कारण उहाँलाई बुझ्न र चिन्नका लागि बिपी विचार सम्मेलनको आयोजना गरेको बताउनुभयो । बिपी स्टडी युथ सर्कलमा आबद्ध रहेको देशैभरिबाट सहभागी भएको युवाले सबै प्रदेशको नेतृत्व गर्दै आआफ्नो विचार र धारणा राखेका थिए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend