Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास : मुख्यमन्त्री पाण्डे


२७, भदौ २०८०
  • 180
    SHARES
  • प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास : मुख्यमन्त्री पाण्डे
    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको योजनामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को साथ रहने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को टोलीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा उहाँले प्रदेश सरकारले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा कोइकाको सहयोगको अपेक्षा गरेको बताउनुभयो । 
     
    लामो समयदेखि नेपाल र कोरियाबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ को गोरखा भूकम्प, कोभिड– १९ जस्ता समयमा पनि कोइकाले नेपाललाई गरेको सहयोग स्मरणीय रहेको बताउनुभयो । गण्डकी प्रदेशको विकासका लागि कोरिया सरकार र कोइकासँगको साझेदारी महत्त्वपूर्ण रहने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
     
    कोइकाका उपाध्यक्ष ली युन योङले कोरियन सरकार र कोइका गण्डकी प्रदेश सरकारसँग काम गर्न पाउँदा निकै खुसी रहेको बताउँदै सहकार्य हुने धारणा राख्नुुभयो । गण्डकी प्रदेशको समस्यालाई सम्बोधन एवं त्यसका लागि प्रदेश सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा आफूहरू लागेको उहाँले बताउनुभयो । कोइकाले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानसँगको सहकार्यमा प्रदेशसँग सहकार्य गर्ने तयारी गरेको छ । 
     
    गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा कोइकाको नौ सदस्यीय टोली द्विपक्षीय भेटघाटका लागि गण्डकी प्रदेश आएको हो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटा लगायतले गण्डकी प्रदेश सरकार र कोइका बीचको साझेदारीलगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend