काठमाडौं । गौहत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्तिशाली प्रदर्शन गरेको छ ।
राप्रपाले गौहत्याको विरोधमा बुधबार प्रदर्शन गरेको हो । राप्रपाले गौहत्याको विरोध गर्दै आएको छ । गौहत्याको विरोधमा निस्किएको विरोध प्रदर्शनको नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गर्नुभएको छ ।
धरानसहित पूर्वका केही जिल्लामा पश्चिमा राष्ट्र र क्रिश्चियनको उक्साहटमा गौहत्या गरेर सामूहिक भोज गरिरहेका बेला राप्रपाले आफ्नो विरोध जनाएको छ । राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट शुरु भएको विरोध र्याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ ।