Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीको मन्त्रिपरिषद् विस्तार केही दिनमै


२८, भदौ २०८०
  • 165
    SHARES
  • लुम्बिनीको मन्त्रिपरिषद् विस्तार केही दिनमै

    बुटवल । तत्कालिन एमालेका नेता लिला गिरी नेतृत्वको सरकार ढलेसँगै मुख्यमन्त्री बन्नुभएका नेपाली काँग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीवहादुर चौधरीले मुख्यमन्त्रीको पदभार ग्रहण गरेपश्चात् लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चियोचर्चोको बिषय बन्न पुगेको थियो । तर पछिल्लो समय मुख्यमन्त्री चौधरीले सरकार गठनमा आवद्ध भएका गठबन्धन दलहरुसँग तीव्र छलफल गरी सरकारलाई पूर्णता दिने बिषयमा छलफल गरी तत्काल अगाडि बढाउने संकेत देखिएको छ ।

    सत्तागठबन्धनको बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोसपा, नागरिक उन्मुक्ति र नेकपा एकिकृत समाजवादी पार्टीसहितका दलहरूले मन्त्रिपरिषद विस्तार, संसदीय समितिहरूको गठन र सरकारको कार्यप्रगतिको विषयमा छलफल गरेको लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले जनाउनु भएको छ। उहाँले भन्नुभयो, बैठकमा मुख्यमन्त्री ज्यु उपस्थित हुनुहुन्न थियो, तर मन्त्रिपरिषद् विस्तार, संसदीय समितिहरुको गठनका बारेमा आफ्नो तर्फबाट सबै कुराहरु गठबन्धनमा रहेका दलका नेताहरुसँग भनेर उहाँ काठमाण्डौं जानु भएको थियो । बैठकमा नेपाली काँग्रेसका प्रदेश सभापति र प्रमुख सचेतको उपस्थिती रहेको थियो ।

    मन्त्री खनालका अनुसार निजामति कर्मचारी ऐन समयमा नबन्दा कर्मचारी नभएर प्रदेशको कामकाज प्रभावित हुँदै आएको छ । वजेट र कर्मचारी विधेयकले गर्दा मन्त्रिपरिपद् विस्तार कार्य ढिला भएको हो, उहाँले भन्नुभयो । यो समस्यालाई छिट्टै नै समाधान गर्नुपर्छ भन्ने बिषयमा गठबन्धन दलहरुबिच सहमति जुटेको छ । अबको केही दिनमै लुम्विनी प्रदेश सरकारकोे मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend