Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालबालिकाको अधिकार संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल 


२९, भदौ २०८०
  • 150
    SHARES
  • बालबालिकाको अधिकार संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागी शुभकामना व्यक्त गर्नुभएको छ ।

    शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्धन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाउने उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

    शुभकामना सन्देशमा लेखिएको छ,“ बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आज हामी ५९ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाउँदैछौँ । विशेषगरि विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्धन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाइन्छ । यस ऐतिहासिक अवसरमा म सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न ,गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्धन र परिपूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । 

    उहाँले विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएकोले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताउनुभएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend