Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा


२९, भदौ २०८०
  • 142
    SHARES
  • ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

    काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

    सरकारले वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा सांसदहरुले ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । ती संशोधन प्रस्तावउपर समेत संसदीय विषयगत समितिमा छलफल हुनेछ । यो विधेयकमा रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रस्तावित व्यवस्थाप्रति सांसदहरुको ज्यादा चासो छ । यही विषयसँग सम्बन्धित २५ वटा संशोधन प्रस्ताव परेको छ ।

    नेपाली काँग्रेस र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद र केही स्वतन्त्र सांसदले मूलधारको शान्तिपूर्ण राजनीतिमा आएकै कारण नेता र कार्यकर्ताको हिंसात्मक गतिविधिसँग सम्बन्धित मुद्दा फिर्ता नहुने भनी संशोधन हालेका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend