काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताउनु भएको छ।
शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताउनु भयो । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उहाँले भन्नुभयो– ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन् ।