Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

"वुमन इन मेडिसिन इन नेपाल २०२३" अवार्डबाट पाँच जना चिकित्सकलाई सम्मानित


२९, भदौ २०८०
  • 202
    SHARES
  • "वुमन इन मेडिसिन इन नेपाल २०२३" अवार्डबाट पाँच जना चिकित्सकलाई सम्मानित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको "वुमन इन मेडिसिन इन नेपाल २०२३" अवार्डबाट पाँच जना चिकित्सकलाई सम्मान गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत राष्ट्रपति पौडेलले डा.अर्चना अमात्य, डा गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा.प्रमिला प्रधानलाई सम्मान गर्नुभएको हो ।

    त्यस्तै उहाँले ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’बाट डा.दिव्यश्वरी श्रेष्ठ, डा.लता बज्राचार्य, डा.शोभा अर्याल, डा.कस्तुरी मल्ल र डा गीता कार्की रानालाई ट्रफी, दोसल्ला र सम्मानपत्र सहित सम्म्मान गर्नुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

    उहाँले दुर्गम क्षेत्रमा चिकित्सकको अभावलाई हटाउन मन्त्रालयले जनशक्ति परिचालनमा ध्यान दिएको उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी नभएकाले मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।  

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend