काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ ।साँझ ६ बजे उहाँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । उहाँको अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भागलिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।
उहाँ चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनुहुने छ । उहाँको चीनका राष्ट्रपति सीचिनफिङसँग हाङझाउमार ली छियाङसँग बेइजिङमा भेट गर्ने कार्यतालिका छ ।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाल लगायत सहभागी हुनुहुने छन । उहाँ २५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।