काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा उहाँले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने उहाँको सचिवालयले जानकारी दिएको छ ।
उहाँको कार्यक्रम गोवा, कर्नाटक, नयाँदिल्ली र चण्डीगढमा केन्द्रीत हुनेछ । उहाँ असोज ५ गते स्वदेश फर्कनुहुने छ ।