Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्तिप्रक्रिया टुङ्गाउनका अन्तराष्ट्रिय समूदायसंग अपिल गर्ने : प्रधानमन्त्री


३०, भदौ २०८०
  • 153
    SHARES
  • शान्तिप्रक्रिया टुङ्गाउनका  अन्तराष्ट्रिय समूदायसंग अपिल गर्ने : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुङ्गाउनका लागि अन्तराष्ट्रिय समूदायसंग अपिल गर्ने बताउनुभएको छ । 

    शनिबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पोष्ट बहादुर बोगटीको नर्वौ स्मृति कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गाएर सफल उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यसका लागि अन्तराष्ट्रिय समूदायसंग अपिल गर्ने बताउनुभएको हो ।

    त्यस्तै जलवायु परिवर्तनले नेपाल जस्तो पर्वतीय मुलुकमा पारेको असरप्रति पनि अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराइने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई पक्षीत हित लगाएत भौतिक पूर्वाधार , ऊर्जा क्षेत्र नयाँ नाका खोल्ने, कृषि क्षेत्र र व्यापार घाटाका बिषयमा छलफल हुने र केहि बिषयमा सहमति र समझदारी बन्ने जिकिर गर्नुभयो । आफ्नो भ्रमण राष्ट्रिय हितलाई केन्द्रमा राख्ने गरि नै हुने उहाको भनाइ छ । 

    त्यस्तै प्रचण्डले आफुले सरकारको नेतृत्व गरिरहदा सुशासन समृद्धि लगाएतमा नयाँ फड्को हान्नका लागि तयारी गरिरहेको पनि बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend