Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख घर्तीमगर


३०, भदौ २०८०
  • 203
    SHARES
  • अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख घर्तीमगर

    बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ ।

    सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उहाँको भनाई थियो । बुटवल स्थित फेवा बचत तथा ऋण सहकारी संस्था लि.को शनिवार आयोजित १५ औ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदैँ सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।

    कतिपय कृषि बहुउदेश्यीक सहकारी कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको बताउनुहुदैँ उहाँले बचत तथा ऋण सहकारीले पनि सदस्यहरुलाई आर्थिक उपार्जनमा टेवा पुर्‍याउने गरी लगानी गर्न सुझाव दिनु भयो । संचालकहरुले इमान्दारिता पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताउनुहुदैँ सभामुख घर्ती मगरले सदस्यहरुको वृहत्तर हित सोचेर लगानी गरेमा कुनै समस्या नआउने बताउनु भयो ।  

    फेवा सहकारीले सहकारीको उदेश्यअनुसार काम गरेको आफुले पाएको बताउनुुहुंदै मुलुकको अर्थतन्त्रमा देखिएको प्रतिकुलताका बावजुद पनि मुनाफा प्राप्त गर्न सक्नु आफैमा सक्षम सहकारीमा स्थापित भएको पुष्टी भएको उहाँको भनाई थियो ।

    संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङले सहकारीले संस्थाको नियमित कार्यवाहेक सामाजिक क्षेत्रका कार्यमा पनि उल्लेखनिय सहभागीता रहेको बताउनुभयो । उहांले उत्पादनसँग जोडिनु भएका शेयर सदस्यहरुलाई प्राथमिकता दिई लगानी गरेको जानकारी दिनुहुदैँ फेवाको लगानी पुर्णतया सुरक्षित रहेको बताउनु भयो । एउटा सक्षम सहकारीको लागी हुनु पर्ने सम्पुर्ण मापनहरु पुरा भएकाले पन्चवर्षिय रणनीतिक योजना अनुसार नै सहकारी अघि बढेको शेयर सदस्यहरुलाई आश्वस्त पार्नु भयो ।  

    सहकारीका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षता उपाध्यक्ष प्रेमबहादुर सोमैको स्वागत, सचिब बहादुर इन्द्र सारुको संचालनमा भएको कार्यक्रममा सहकारीका पुर्ब अध्यक्ष कृष्ण प्रसाद अर्याल कानुनी सल्लाहकार तेज प्रसाद कडेल, लेखा समिती संयोजक हेमबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  ३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुजी रहेको छ ।  

    २० करोड ३५ लाख निक्षेप संकलन गरि २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको कोषाध्यक्ष नुमकली राहादीले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी, वचत कर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend