Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुङ्गामा गरुडको मूर्ति अनावरण


३०, भदौ २०८०
  • 616
    SHARES
  • रेसुङ्गामा गरुडको मूर्ति अनावरण

    रेशम कुवँर । गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा तपोभूमीमा स्थापना गरिएको गरुडको मूर्तिमा प्राण प्रतिष्ठा अनावरण गरिएको छ । गुल्मी युनाइटेड साकोस तम्घासद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेसुङ्गा गरुडस्थानमा स्थापना गरिएको सो मूर्तिको अनावरण गरिएको हो ।

    377107502_610039457730024_4436140767773267462_n.jpg

    शनिबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सो मूर्तिको अनावरणसँगै रेसुङ्गा संरक्षण समितिलाई हस्तान्तरण गर्नुभयो । उहाँले रेसुङ्गालाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू निरन्तर लाग्ने भन्दै यहाँको विकासका लागि बहु-वर्षिय योजनाको रुपमा अघि  बढाउने बताउनुभयो ।

    त्यस्तै, रेसुङ्गामा धेरैभन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि नगरपालिकाले जाऊ हिँड रेसुङ्गा अभियानको सुरुवात गरिएको बताउनुभयो । यस अभियानलाई प्रभावकारी बनाउन देशका मुख्य शहरहरुमा समेत कार्यक्रम सुरुवात गर्ने उल्लेख गर्नुभयो ।

    पाँच लाख रुपियाँको लागतमा गरुडको मूर्ति एवम् संरचना निर्माण गरिएको संस्थाले जनाएको छ । यस क्षेत्रमा पहिले पनि गरुडको मूर्ति रहेको पछि जिर्ण भएको हुँदा यहाँ पुनः गरुडको मूर्ति निर्माण गरिएको गुल्मी युनाइटेड साकोस तम्घासका संचालक समिति सदस्य प्रकाश भलामीले बताउनुभयो ।

    377329533_276849751863627_7806452192792358071_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend