काठमाडौं । माओवादी केन्द्र नेता राम कार्कीले बीपीलाई कांग्रेसले ‘सुपरम्यान’बनाएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल डायरी सार्वजनिक कार्यक्रममा उहाँले यो कांग्रेसले बीपीलाई बेला बेलामा सुपर म्यान बनाएर । महामानव हुन् ।
अब उहाँलाई चै बेला बेलामा नाम लिए मात्रै पुग्छ । कैले कहीँ अप्ठ्यारो परेको बेलामा बीपीको नाम लिइदिने अरु आँफै गर्ने भन्ने जो आम चलेको छ । त्यस्तो होइन् ।’ उहाँले भन्नुभयोे ।
बीपी मान्छे हुन बीपीका कमजोरी पनि छन् । राम्रा कुरा पनि छन् । बीपी मान्छे त हुन तर राम्रा मान्छे हुन् । बीपीलाई त्यति मात्रै हो । उहाँले नेपाली राजनीतिमा बीपीको स्थान र साहित्यमालक्ष्मी प्रसाद देवकोटालाई कसैले उछिन्न नसकेको उहाँको तर्क छ ।