Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीज पर्व धर्म, संस्कृति संरक्षण गर्ने बलियो आधार : मुख्यमन्त्री चौधरी


१, असोज २०८०
  • 210
    SHARES
  • तीज पर्व धर्म, संस्कृति संरक्षण गर्ने बलियो आधार : मुख्यमन्त्री चौधरी

    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले नेपाली महिलाहरूको महान पर्व हरितालिका (तीज)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ,तीज पर्वले नेपाली दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायमका लागि सहयोग पुगोस ।

    परापूर्व कालदेखि मनाइदै आएको हरितालिका तीज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको छ । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान शिव—पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।

    सनातन सांस्कृतिक पर्वको रूपमा नेपाली महिलाहरुले हरितालिका तीज पर्वलाई मनाउँदै आएका छन । उहाँले भन्नुभयो, ,यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु । 

    साथै उहाँले हरितालिका तीजको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् । पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको अन्त्य होस्, भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ । 

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend