Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अबको केही दिनमै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँछ : सभापति पुन


१, असोज २०८०
  • 498
    SHARES
  • अबको केही दिनमै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँछ : सभापति पुन

    रोल्पा। शिखरकोट युवा क्लब थबाङ गाउँपालिका-३ मिरुल जाया रोल्पाको ९औं वार्षिकोत्सब तथा हरितालिका तिजको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिता उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले अबको केही दिनमै तीनवटा मन्त्रालयले पूर्णता पाउने बताउनुभयो।

    प्रमुख अतिथी समेत रहेका सभापति पुनले अहिले सम्म पनि लुम्बिनी प्रदेश सरकारले तीनवटा मन्त्रालय पाउन नसकेको र अबको केही दिनमा पूर्णता पाउनेमा आफू विश्वस्त भएको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारमा गठबन्धनको सरकार भएकोले केही दलका नेतृत्वहरुसँग मन्त्री बनाउने सन्दर्भमा कुरा नमिल्दा अहिलेसम्म तीनवटा मन्त्रालयले मन्त्री पाउन नसकेको समेत बताउनुभयो।

    अहिले लुम्बिनी प्रदेश सरकारमा मन्त्रालयको संख्या नबढाउने पक्षमा भएको बताउदै पुनले भन्नुभयो, यदि लुम्बिनी प्रदेश सरकारमा सबै मन्त्रालय बनाउने हो भने १७ वटा मन्त्रालय बन्छ र मन्त्रालयको खर्च पनि एक मन्त्रालय बराबर एक करोड खर्च हुने १७ वटा मन्त्रालयको १७ करोड खर्च हुने बताउनुभयो।

    त्यस्तै पछिल्लो समय नेपालले आर्थिकको अभाव खेप्नुपरेको बेलामा प्रदेश सरकारले पनि मन्त्रालयको संख्या बढाउने काम गरेमा आर्थिक भार पनि बढ्दै जाने समेत बताउनुभयो। अहिले लुम्बिनी प्रदेश सरकारमा जति मन्त्रालयको संख्या छ त्यति नै मन्त्रालय कायम हुने समेत जिकिर सभापति पुनले गर्नुभयो।

    पुनले लामो समय पछी नेपाली जनताको त्याग,तपस्या र संघर्षबाट निर्माण भएको संविधानको रक्षा गर्न अहिलेको नेतृत्व र आम नेपाली जनताको दायित्व भएको समेत बताउनुभयो। अहिले नेतृत्व गरेको सरकारले आम नेपाली जनताको प्रत्येक्ष जनजिबिकासँग जोडिएको पक्षमा काम गर्ने गरि अगाडि बढेको समेत बताउनुभयो।

    अहिलेको सामाजिक सञ्जालले समाजलाई कता लैजादै छ भन्ने कुरा अहिलेको मुख्य कुरा भएकोले राम्रा,नराम्रा काम युट्युव,फेसबुक,टिकटक र ट्विटर लगायतमा आइरहेकोले सत्य तथ्यमा लाग्न समेत आग्रह गर्नु भएको छ। जे आयो त्यसलाई सहि हो कि भन्ने अहिलेको प्रवृत्ति हावी भएको बताउदै त्यसको गहिराईमा गएर यथार्थ के हो भनेर बुझ्ने र सहि लाई सहि र गलत लाई गलत भन्न सक्नुपर्ने समेत बताउनुभयो।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend