काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा सोमबार आयेजित नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीको १७ औं स्थापना दिवसमा उहाँले अमेरिकी सहयोग नियोग (एमसीसी) लगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘केही केही मानिसहरू एमसीसीलाई अस्वीकार गर्नुपथ्र्यो भन्छन् । अरु केही हैन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् । तर विदेशीहरू हाबी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी उनीहरूको गतिविधिप्रति सधैँ सचेत छौं । हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौं ।’
अध्यक्ष नेपालले यहाँ विदेशी शक्तिका स्वार्थ एवं साम्राज्यवादी शक्तिहरू आफना योजनाहरू रहेको उल्लेख गर्दै त्यस्ता कार्यप्रति सबै सर्तक हुन आवश्यक भएको बताउनुभयो । हाम्रो देश अत्यन्त भू राजनीतिक जटिलताको अवस्थामा रहेको र कहिले पनि अतिमा गएर राष्ट्रलाई फाइदा नहुने उहाँको भनाइ छ ।