Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे


२, असोज २०८०
  • 202
    SHARES
  • पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।

    गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताउनुभयो । 

    प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै मुख्यमन्त्री पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिनुभयो । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताउनुभयो ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा आफूले निरन्तर प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताउँदै उहाँले यस सम्बन्धमा चाँडै नै सकारात्मक सङ्केत आउने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको बताउँदै उहाँले यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ राख्नुभयो । 

    गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पर्यटनमा गुणस्तरीयतालाई जोड दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनामा समेटिनुपर्ने विषयलाई जानकारी गराउन उहाँले सबैसँग आग्रह गर्नुभयो । 

    आयोगले अनलाइनबाट सुझाव प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाएको बताउँदै उहाँले प्राप्त सुझावका आधारमा पटक–पटक छलफल गरी पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिइने उहाँको भनाइ छ । साहसिक पर्यटनको विकासका साथै सडक, बाटोघाटो तथा पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

    नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले दिगो पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा जनशक्तिको अभाव समस्या रहेको बताउँदै उहाँले पोखरा आउने बाटोघाटोलगायतका कारण पनि यहाँको पर्यटन प्रभावित बनेको बताउनुभयो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोभिड, आर्थिक मन्दीलगायतका कारण प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । पर्यटकको आगमन वृद्धि गर्नु जरुरी रहेको बताउँदै उहाँले भारतीय पाँच सय रुपैयाँ दरको नोट सटही नहुँदा भारतीय पर्यटकको आगमन प्रभावित बनेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुपर्ने बताउँदैै उहाँले नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)का अध्यक्ष उदय सुवेदी, पर्यटन मजदुर शालिकराम तिमल्सिना, लक्ष्मण सुवेदी, वासु त्रिपाठी, कमल पौडेल (अथक) लगायतले सरकारको अनुभूति हुने गरी पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend