Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधान संशोधनका लागि हतार गर्नु पर्दैन: केपी ओली 


२, असोज २०८०
  • 174
    SHARES
  • संविधान संशोधनका लागि हतार गर्नु पर्दैन: केपी ओली 

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले,हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ ।

    मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेका उहाँले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भन्नुभएको हो । हतारमा भन्दा केही समय लिएर एकै चोटि संशोधन गर्नु राम्रो हुने भन्दै उहाँले गम्भीर रुपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एउटा हिसावले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिलेपनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरुबाट प्रेसर गर्ने खालका प्रवृतिहरु देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरु देखिएको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाँहि बिर्सन हुदैन । 

    त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’ दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उहाँको जोड छ । तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरु नरहेको ओलीको भनाई छ ।

    ‘तत्कालिन आवश्यकतालाई हेरेर हामीले दुइचोटी एउटा एउटा विषयमा मात्रै संविधान संशोधन गर्‍यौँ। अब संविधान संशोधन गर्दा हामीले अलि मेहनत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन केही विषयहरु जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend