Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधानको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छ: कार्यवाहक प्रधानमन्त्री खड्का 


३, असोज २०८०
  • 141
    SHARES
  • संविधानको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छ: कार्यवाहक प्रधानमन्त्री खड्का 

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी भएको बताउनुभएको छ । संविधान दिवस, २०८० को अवसरमा आज टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना दिदै उहाँले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । 

    उहाँले संविधानले नेपाली जनतालाई सार्वभौमसक्ता सम्पन्न बनाउनुका साथै नागरिकहरुको राजनीतिक,सामाजिक, तथा आर्थिक अधिकारलाई पूर्णतह संरक्षण गरेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानको पूर्ण कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्ने आवश्यकता भएको बताउनुभयो । 

    उहाँले भन्नुभयोे, ‘यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका रुपमा स्थापित गरेको छ । यसले संविधानमा अभिव्यक्त नेपाली जनताको चाहना बमोजिम मूलुकमा जनउत्तरदायी एवं जनमुखी साशन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ संकल्पित छौ । यो संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा हाज हामी सबै एकताबद्ध हुन जरुरी छ ।’ 

    उहाँले संविधानप्रति सबैको उच्च सम्मान र सर्मपणले मात्रै देशलाई संमृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्यााउने विश्वास व्यक्त गर्नुभयो । खड्काले संविधानको कार्यान्वयन गर्र्दै देशमा राजनीतिक स्थायित्व र सुशासन कायम गरी जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर लागेको बताउनुभएको छ  । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend