Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीका ६ जिल्ला: ईसेवा एपबाट ट्राफिक जरिवाना भुक्तानी


३, असोज २०८०
  • 824
    SHARES
  • लुम्बिनीका ६ जिल्ला: ईसेवा एपबाट ट्राफिक जरिवाना भुक्तानी

    बुटवल । सडकमा सवारीलाई ट्राफिक नियम पालना नगरेको भन्दै जरिवाना बापत ट्राफिक प्रहरीले जरिवाना पुर्जी काट्ने र उक्त जरिवाना तिर्नलाई यसअघि राष्ट्रिय वाणिज्य वैंकमा गएर बुझाउनुपर्ने झन्झट अब ईसेवाबाट हट्ने भएको छ ।

    प्रविधिको उपयोगमा पारदर्शी रुपमा जरिवाना तिर्नुपर्ने बनाईएको कार्य सवारी चालकलाई निकै बाधा पुग्दै आएका बेला अब ईसेवाबाटै ट्राफिक जरिवाना तिर्न सकिने बनाईएको छ ।जसअनुसार लुम्बिनी प्रदेश अन्तर्गतका नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, दाङ र बाँकेबाट ट्राफिक जरिवानाको भुक्तानी अब ईसेवा एपबाट सजिलै गर्न मिल्ने भएको छ ।

    इसेवा एपभित्र रहेको गभर्नर पेयमेन्टमा गएर ट्राफिक पुलिस फाईन पेयमेन्ट भन्ने अप्सन गई तिर्न सकिने ईसेवा लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख विष्णुप्रसाद खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ड्रपडाउनमा आर्थिक बर्ष, प्रदेश र जिल्ला छान्ने र अन्त्यमा आफ्नो पुर्जी नम्बर राखेर भुक्तानी सम्पन्न गर्न सकिनेछ । उहाँका अनुसार हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत् ७५ लाखबढि ग्राहकहरुले सेवा लिईरहेको जनाईएको छ ।

    देशभर रहेका २ लाख १५ हजार  भन्दा बढि एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) मार्फत् अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा पुर्‍याउने  क्रममा ईसेवाबाट आन्तरिक राजश्व कार्यालय, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, राहदानी, कन्सुलर सेवा विभाग लगायत अन्य विविध राजश्व रकम भुक्तानी गर्न मिल्ने ब्यबस्था रहेको ईसेवा लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend