Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग


४, असोज २०८०
  • 174
    SHARES
  • नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

    नेपालगञ्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जले आज आयोजना गरेको अन्तक्रियामा उहाँहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही समस्या समाधान हुने बताउनुभयो । 

    उद्योगी तथा व्यवसायीले २०७२ सालमा स्थापना भएको सो औद्योगिक क्षेत्र २०७७ सालमा शिलान्यास भए पनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै नेपालगञ्जमा रहेको एकीकृत भन्सार जाँच चौकी ९आइसीपी० उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालन नभएकाले अविलम्ब सञ्चालन गर्न आग्रह गरेका छन । 

    बाँकेमा जडीबुटीमा आधारित औषधि उद्योग स्थापना गर्ने वातावरण बनाउन माग गर्दै उनीहरुले नेपालबाट नियमितरुपमा निर्यात भइरहेका १२ प्रकारका जडीबुटीलाई भारतको प्लान्ट क्वारेन्टाइनले सूचीकृत नगरेकाले व्यवासीयले तराई, पहाड र हिमालबाट सङ्कलन भएर प्रशोधनसमेत भएको जडीबुटी नेपालगञ्जलगायतका क्षेत्रमा थन्किएकाले समस्या समाधान गर्न माग गरेका छन् । 

    सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले मुलुकमा देखिएको अर्थतन्त्रको सङ्कटको समस्या लामो समयसम्म नजाने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो । “यो मुलुक सबैको साझा हो, निराश हुनपर्ने आवश्यकता छैन”, उहाँले भन्नुभयो । 

    मन्त्री रिजालले नौबस्ता क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर भएको उल्लेख गर्दै छलफल गरेर टुङ्गोमा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार उद्योगी तथा व्यवसायीलाई सबै प्रकारको सुविधा उपलब्ध गराउँछ”, मन्त्री रिजालले नौबास्ता क्षेत्रमा न्यूनतम शुल्कमा उद्योगी तथा व्यवसायीलाई जग्गा उपलब्ध गराउनेमा जोड दिँदै सुन, चाँदी र जडीबुटीमा देखिएका समस्यालाई पनि सम्बोधन गरिने बताउनुभयो । 

    उद्योग वाणिज्य, महासङ्घका केन्द्रीय सदस्य अबदुल वाहिद मनसुरीले उद्योगी तथा व्यवसायी पीडामा हुँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो गर्नुभयो । उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टेकबहादुर धामीले भन्सार नीति सच्चाउन र जमुनाह नाकालाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त अवसरमा मन्त्री रिजाललाई उद्योगीका विभिन्न समस्यासँग सम्बन्धित रहेर उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जले ज्ञापनपत्र बुझाएको थियो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend