Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शिक्षकहरुको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने : अध्यक्ष नेपाल


४, असोज २०८०
  • 139
    SHARES
  • शिक्षकहरुको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी)मा देखिएको समस्या पार्टी भित्रैबाट हल गरिने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले अपानीमा मतभेद नभइ केहि प्रश्नहरु आएको भन्दै पार्टी भित्रैबाट हल गरिने बताउनुभएको हो ।

    अपानीमा पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेको टिप्पणीका बारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले पार्टीभित्रको बिषय सडकमा लाने काम पार्टीको जिम्मेवार मान्छे र अनुशासन बुझेको मान्छेले नगर्ने जिकिर गर्नुभयो । खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आउनुभएको छ ।

    त्यस्तै उहाँले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपालले अहिले शिक्षकहरुको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गर्नुभयो । 

    अध्यक्ष नेपालले केन्द्रीय कमिटीको छैटौ बैठकले केन्द्रीय कमिटीका सदस्यहरु मनोनित गरिएकाहरु मध्ये १३ जनालाई विधान अनुसार सपथ गराइएको जानकारी दिनुभयो । सपथ ग्रहणका क्रममा उहाँले युवाहरुको जोश र पुरानाका अनुभवलाई समेटिएर पार्टीलाई मजबुद ढंगले अघि बढाइने जिकिर गर्नुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend