Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म बस्ने तयारी


४, असोज २०८०
  • 155
    SHARES
  • कांग्रेसको महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म बस्ने तयारी

    काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने प्रस्ताव आएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनको समेत काम गर्ने गरि महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने गरि प्रस्ताव आएको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    बैठकमा महामन्त्री गगन कुमार थापाले अहिलेसम्म भइगरेका कार्यक्रमहरुको समिक्षाका बारेमा समिक्षात्मक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठकमा पार्टीका उपसभापति समेत रहनुभएका कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले सरकारको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

    सो क्रममा खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराउनु भएको थियो । संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको उहाँले बताउनुभएको थियो । 

    बिहीबार बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताउनुभयो । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने विश्वकर्माले जानकारी दिनुभयो । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend