बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशले देखिने गरी काम गर्न सुझाव दिनुभएको छ। संबिधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरेचनले प्रदेश सरकारले प्रदेशको आवश्यकता र जनताको भावना अनुसारको काम गरी उत्कृष्ट प्रदेश बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशले सरकारले देखिने गरी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । लामो संङघर्ष पछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै हुने बताउनु भयो । भ्रस्टाचारलाई न्युनिकरण नगरी मुलुक समृद्ध हुन नसक्ने भदै सुशासन कायम गर्न सबैको ध्यान जानु आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, सभामुख तुलाराम घर्ति, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।