Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ


५, असोज २०८०
  • 164
    SHARES
  • तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

    लुम्बिनी । कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुवात गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गर्नुभएको थियो । 

    शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन् । यो टोलीले सरसफाइ निरन्रता दिने जनाइएको छ ।

    उपाध्यक्ष डा. लामाले गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बुद्धिष्टहरूको आस्थाको केन्द्र भएकाले सरसफाइ गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    गणका सहायक सेनानी रामचरण चौधरीको टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाइ गर्ने छ । आफूहरूले विगतमा पनि यस क्षेत्रको सरसफाइ गर्दै आएको र कोषको निर्देशनअनुसार सरसफाइ कार्य गर्ने सहायक सेनानी चौधरीले बताउनुभयो ।

    तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतियोग्य बनाउन सेनाको सहयोगमा हरेक वर्ष सरसफाइ गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो ।

    विश्व सम्पदा सूचीको प्रस्तावित क्षेत्र पनि भएकाले प्रस्तुतियोग्य बनाउन सफाइ कार्य गरिँदै आएको उहाँले बताउनुभयो। तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवा अवस्थासम्म २९ वर्ष बिताएको स्थान हो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend