Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जयेन्दु बाल सुधार गृहमा झडप, एकको मृत्यु दश घाईते


५, असोज २०८०
  • 153
    SHARES
  • जयेन्दु बाल सुधार गृहमा झडप, एकको मृत्यु  दश घाईते

    नेपालगन्ज । झडप भएको बाँकेको जयन्दु बालसुधार गृहमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीसँगै मानवअधिकारकर्मी र पत्रकारहरुको टोली पनि त्यहाँ पुगेको छ।

    त्यहाँको स्थिति अझै तनावग्रस्त छ। कैदीबन्दीहरुले पत्रकार र अधिकारकर्मीको टोलीलाई देखेपछि झनै ताण्डप मच्चाएका छन् । गए राति त्यहाँ रहेका दुई पक्ष कैदीबन्दी बीच झडप हुँदा १ जनाको मृत्यु भइसकेको छ भने १० जना घाइते भएको बाँके प्रहरीले जनाएको छ।

    प्राप्त सुचनाका अनुसार लागू औषध सेवन गर्ने र नगर्ने कैदीबन्दी बीच झडप भएको हो। लागू औषध सेवन गर्ने कैदीबन्दीले नगर्नेलाई हेप्ने ,पिट्ने हुँदा औषध सेवन नगर्ने समूह उनीहरुमाथि जाइ लागेका हुन् । सोही झडपमा सुलभ केसीको मृत्यु भएको हो भने अन्य १० जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घाइते भएका १० जना मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। कैदीबन्दीहरुले बाल सुधार गृहलाई पुरै तोडफोड गरेको केही बाँकि नराखेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई शान्त बनाउन प्रयास गरिरहेको जनाइएको छ।

    बालसुधार गृहमा कैदीबन्दीहरुले बन्दी गृहको गेटनै भित्रबाट लगाएकोले प्रहरी भित्र पस्न सकिरहेको छैन । अवस्था अझै तनावग्रस्त रहे पनी अहिले प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ। उनीहरुले भित्रबाट आफ्ना माग पूरा गर्नुपर्ने बताएका छन् । 

    त्यहाँ खटिएका एक प्रहरी निरीक्षकका अनुसार उनीहरुको माग के हो ? भन्ने थाहा हुन नसकेको र त्यहाँका अलि जान्ने बुझ्ने कैदीबन्दी आएर वार्ता गर्न प्रहरीले अनुरोध गरिरहेको जानकारी दिनुभएको छ । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend