काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" चीन भ्रमणमा जानुभएको छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको छ ।
त्यहाँ उहाँले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।