Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अन्य पार्टीसंग एकताको कुनै सम्भावना छैन : अध्यक्ष नेपाल


६, असोज २०८०
  • 108
    SHARES
  • अन्य पार्टीसंग एकताको कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको बताउनुभएको छ । 

    शनिबार काठमाडौंमा समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि बिचार मिल्नेहरुको समाजवादी मोर्चा बनाएपनि अहिले नै अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको बताउनुभएको हो । 

    आफ्नो पार्टीको अस्तीत्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृतिसंग एकताको गीत गाएर हिड्नुको कुनै अर्थ नरहेको भन्दै उहाले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गर्नुभयो ।

    उहाँले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफुहरुले विद्रोह गर्नुपरेको पनि बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्काएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशयी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पार्नुभयो ।

    उहाँले राजनीतिक व्यवस्थाको परिवर्तनसंगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राख्नुभयो । 

    त्यस्तै अध्यक्ष नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका बिषयलाई कार्यान्वयन गर्नु चूनौति रहेको बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend